एन्फा अध्यक्षको शपथ आज

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङसहितका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुले आज शपथ लिंदैहुनुहुन्छ ।

शपथ ग्रहणको कार्यक्रम आज साँझ ५ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने एन्फाले जनाएको छ । शपथ लिएकाहरुले आजैबाट कार्यभार सम्हाल्ने छन् ।
गत सोमबार भएको एन्फाको निर्वाचनबाट अध्यक्ष पदमा नेम्वाङ विजयी हुनुभएकोे थियो। वरिष्ठ उपाध्यक्षमा विरबहादुर खड्का तथा उपाध्यक्षमा दावा लामा, दीपक खतिवडा, विराटजंग शाही र दुर्गाबहादुर केसी विजयी हुनुभएको थियो । महासचिव र कोषाध्यक्ष भने मनोनित हुने व्यवस्था छ ।

यस्तै, दुई जना केन्द्रीय सदस्य टुंगो लाग्न बाँकी छ । १३ सदस्यीय खुल्लाका लागि ३२ जनाले प्रतिस्पर्धा गरेकोमा दीपक थापा क्षेत्री, दीपेन्द्र धिमाल, रुपेश अधिकारी र लोकेन्द्र गुरुङले समान ३९ मत प्राप्त गर्नुभएको थियो। बराबर मत प्राप्त गर्नुभएका चारै जना मध्ये दुई जना केन्द्रीय सदस्य बन्नुहुने छ । आगामी साधारणसभाबाट दुई जना केन्द्रीय सदस्य चुन्ने एन्फाले जनाएको छ ।

Back to top button