अफगानिस्तानमा गएको भूकम्पमा २५० जनाको मृत्यु

काठमाडौं । अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पबाट २ सय ५० जनाको मृत्यु भएको छ । कम्तिमा १ सय ५० जना घाइते भएका छन् ।

अफगानिस्तानको खोस्त सहरभन्दा करिब ४४ किलोमिटर टाढा केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युटको भूकम्प गएको थियो । त्यसको धक्का पाकिस्तान र भारतमा समेत महसुस भएको थियो ।

यस्तै, सरकारका प्रवक्ता बिलाल करीमीले पक्तिका प्रान्तका ४ जिल्लामा ठूलो भूकम्प गएको र यसबाट सयौंको ज्यान गएको जानकारी दिनुभएको छ ।

Back to top button