अफगानिस्तानको पाक्तिका प्रान्तमा गएको भूकम्पमा मृत्यु हुनेको संख्या ९ सय २० पुगेको छ।
पाक्तिका प्रान्तको दक्षिणपूर्वी सहर खोस्टबाट ४४ किलोमिटर टाढा केन्द्र बनाएर ६ दशमलब १ म्याग्निच्युडको भूकम्प गएको थियो।
यस्तै, भूकम्पको धक्का पाकिस्तान र भारतका भूभागसम्म महशुस गरिएको थियो। भूकम्पमा सयौँ घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकोले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ।
भूकम्पका कारण पूर्वी पाक्तिका प्रान्तमा धेरै घरहरू भत्किएका छन्।