मूल्यबृद्धिको विरोधमा विराटनगरमा विद्यार्थीको प्रदर्शन

विराटनगर । पेट्रोलियम पदार्थको मूल्यबृद्धिको विरोधमा अनेरास्ववियु महेन्द्र मोरङ क्याम्पस कमिटीले आज विराटनगरमा प्रदर्शन गरेको छ ।

महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको प्रवेशद्धार अघि मुखमा कालो टेप बाँधेर प्रदर्शन गरेका विद्यार्थीहरुले मूल्यबृद्धि तत्काल फिर्ता लिन माग गरेका छन् ।

विद्यार्थीहरुले गठबन्धन सरकार मुर्दावाद, पेट्रोलियम पदार्थ तथा अत्यावश्यकीय सामाग्रीको मूल्यवृद्धी खारेज गरलगायतका प्ले कार्डसहित विरोध प्रदर्शन गरेका हुन् ।

Back to top button