अप्पर सोलु हाइड्रोको आईपी असार २० गतेदेखि खुल्ने

काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले असार २० गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० का दरका १९ लाख ५७ हजार ५ सय कित्ता साधारण शेयर निष्काशन गर्न लागेको जनाएको छ ।

निष्काशन गरिने कुल शेयरमध्ये ३९ हजार १ सय ५० कित्ता कर्मचारीहरुका लागि ९७ हजार ८ सय ७५ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ ।

लगानीकर्ताले बाँकी १८ लाख २० हजार ४ सय ७५ कित्ताका लागि आवेदन दिन सक्नेछन् । उक्त आईपीओको आवेदन असार २३ गतेसम्म दिन सकिने छ । सो अवधिसम्म आवश्यक आवेदन नपरे आवेदन दिने म्याद साउन २ गतेसम्म रहनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड छ । कम्पनीले सोलुखुम्बु जिल्लाको सोलु खोलामा २३ दशमलव ५ मेगावाट क्षमताको सोलु जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको २३ मेगावाट विद्युत उत्पादन क्षमता रहेको छ ।

Back to top button