स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रको एजेण्डाले जितेको होः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको चुनावमा माओवादी केन्द्रको एजेण्डाले जितेको बताउनुभएको हो ।

पार्टीको प्रशिक्षण कार्यक्रमलाई ललितपुरमा सम्बोधन गर्दै उहाँले स्थानीय तहमा कति जित्यौं भनेर हेर्दा एउटा चित्र देखिएला तर समग्रमा आफुहरुले जितेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘हाम्रो एजेण्डाले जितेको हो । विघटनकारीहरुले पराजय व्यहोरे।’ उहाँले प्रदेश र संघको निर्वाचन संघारमा रहेको र यसको तयारीका लागि प्रारम्भिक छलफल सुरु भएको बताउनुभएको छ ।

उहाँले प्रदेश र संघको निर्वाचनपनि पार्टीका लागि जीवन मरणको लडाईं रहेको बताउनुभएको छ । यस्तै उहाँले आउने चुनावबाट देशको दोस्रो र वामपन्थीको पहिलो पार्टी बने देशको बागडोर आफूहरुको हातमा आउने बताउनुभयो । यसका लागि सबैले मेहनत गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

राजनीतिको चाबी माओवादीसँग भएपनि कि कांग्रेस नभए एमालेसँग मिलेर जानुपर्ने बाध्यता रहेको बताउनुभएका अध्यक्ष प्रचण्डले आफ्नो सपना अरु सँग मिल्न जाने नभई अरु आफुहरुसँग मिल्न आउनुपर्ने ठाउँमा पुग्ने रहेको बताउनुभयो ।

उहाँले साउन १५ भित्र जित्ने र लोकप्रिय व्यक्तिलाई उम्मेदवारको टिकट दिइसक्ने तयारी भइरहेको समेत बताउनुभयो ।

Back to top button