थप ४९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भने कसैको पनि मृत्‍यु भएको छैन ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार २ सय ३४ जनाको पीसीआर परीक्षणमा ३३ जना र १ हजार २ सय ६० जनाको एन्टीजेन परीक्षणमा १६ जना गरी ४९ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १२ जना निको भएका छन् भने हाल देशभर १ सय ६३ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये १ सय ६० जना होम आइसोलेसनमा रहेका छन् भने ३ जना संस्थागत आइशोलेशन र १ जना आईसीयूमा छन् ।

आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ८ सय ६६ पुगेको छ ।

हालसम्म नेपालमा मृत्‍यु हुनेको संख्या ११ हजार ९ सय ५२ पुगेको छ भने ९ लाख ६७ हजार ३ सय ४२ जना संक्रमणमुक्त भएका छन् ।

Back to top button