वर्षाले अवरोध गर्दा नेपाल सेमिफाइनलबाटै बाहिरियो

काठमाडौं । एसीसी महिला टी–२० च्याम्पियनसिपमा नेपाल सेमिफाइनलबाटै बाहिरिन पुगेको छ । युएईविरुद्ध सेमिफाइनलमा उत्कृष्ट बलिङ गरेपनि वर्षाको अवरोधका कारण खेल रद्द हुन पुग्यो । यो सँगै युएई फाइनलमा पुगेको छ ।

मलेसियामा टस जितेर पहिले बलिङ गरेको नेपालले युएईलाई ८१ रनमा अलआउट गरेको थियो । नेपालका अस्मिना कर्माचार्यले ५ विकेट लिनुभएको थियो । तर वर्षाका कारण नेपालले जवाफी ब्याटिङ गर्न पाएन । र, नेपाल सेमिफाइनलबाटै बाहिरिन पुगेको हो ।

युएई समूह विजेता बनेको थियो भने नेपाल आफ्नो समूहमा उपविजेता थियो ।

Back to top button