विराटनगर महानगरको बजेट ३ अर्ब ६२ करोड

विराटनगर । विराटनगर महानगरपालिकाले आगामीको आर्थिक वर्ष २०७९/०८० को लागि ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ।

अन्तर सरकारी वित्त व्यवस्थापन ऐन– २०७४ ले गरेको व्यवस्था बमोजिम महानगरपालिकाले आज असार १० गते बजेट प्रस्तुत गरेको हो। महानगरपालिकाको १० औँ नगरसभाको बैठकमा महानगरपालिकाकी उप–प्रमुख शिल्पा निराला कार्कीले बजेट प्रस्तुत गर्नु भएको हो।

कार्कीले प्रस्तुत गर्नु भएको आगामी बर्षको बजेटमा महानगरले कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ (चालु खर्च) ५५ करोड ३५ लाख ५० हजार, पूर्वाधार विकास क्षेत्रतर्फ १ अर्ब ८९ करोड ७१ लाख १७ हजार, आर्थिक विकास क्षेत्र तर्फ २७ करोड ७३ लाख, सामाजिक विकास क्षेत्र तर्फ ७८ करोड ३९ लाख बिनियोजन गरिएको छ।

त्यस्तै , सुशासन तथा अन्तर सम्बन्धित क्षेत्र तर्फ ७ करोड ७७ लाख, वातावरण तथा विपत व्यवस्थापन क्षेत्र तर्फ ३ करोड ६० लाख, वडास्तरिय आयोजना तर्फ ४१ करोड ६८ लाख १७ हजार, नगरस्तरिय आयोजनाको लागि ३० करोड, बहुवर्षीय तथा गौरवका आयोजनाको लागि २९ करोड, क्रमागत भुक्तानीको लागि ४० करोड बिनियोजन गरिएको छ।

महानगरले आरयुडीपी बाट निर्मित सडकको निर्माण र मर्मतसम्भारको लागि १४ करोड, अन्य पूर्वाधार तर्फ ९ करोड ८० लाख, फोहर प्रशोधन गर्न २ करोड ५० लाख र समपुरक कोषको लागि ४ करोड ८० लाख बिनियोजन गरेको छ।

महानगरपालिकाले आगामी आर्थिक बर्षको बजेटका लागि स्रोत मध्ये अन्तर सरकारी वित्तीय हस्तान्तरण बाट १ अर्ब २१ करोड ८५ लाख, प्रदेश सरकारको तर्फ बाट ४ करोड ९१ लाख ९७ हजार, राजस्व बाँडफाँट १ अर्ब १३ करोड ९९ लाख ७० हजार, आन्तरिक आय तर्फ १ अर्ब, जनसहभागिता बाट ८ करोड , अनुदान तथा ऋण बाट १० करोड १९ लाख र अन्य संघसंस्था बाट ३ करोड ६० लाख हुने अनुमान गरेको छ।

Back to top button