नवौं शताब्दीमा निर्माण भएको प्रतिमा आज नेपाल फिर्ता

काठमाडौँ । नवौं शताब्दीमा निर्माण भएको प्रतिमा आज नेपाल फिर्ता भएको छ। पुरातात्त्विक तारा देवीको प्रतिमा घर फिर्ता भएको हो।

अमेरिकाका लागि नेपाली कार्यवाहक राजदूत म्यानुएल मिकलेर र पुरातत्त्व विभागका महानिर्देशक दामोदर गौतमले अमेरिकास्थित येल विश्वविद्यालयको आर्ट ग्यालरीबाट फिर्ता आएको तारा–पार्वतीको प्रतिमालाई नेपालमा स्वागत गर्नुभएको हो ।

उक्त प्रतिमा नवौं शताब्दीको अन्त्य वा दशौं शताब्दीको शुरुतिरको भएको विश्वास गरिएको छ। उक्त प्रतिमा सन् २०१५ मा येल आर्ट ग्यालरीलाई प्रदान गरिएको थियो।

यस्तै, मे ६ मा उक्त ग्यालरीले न्युयोर्कस्थित अमेरिकी कन्सुलर जनरलमार्फत उक्त प्रतिमालाई नेपाल फर्काउने घोषणा गरेको थियो।

Back to top button