पोखरीमा पौडी खेल्न गएका दुई बालकको मृत्यु

धनकुटा । पोखरीमा पौडी खेल्न गएका दुई बालकको डुबेर मृत्यु भएको छ।

धनकुटा–६ स्थित पात्लेखोला किनारमा रहेको धनकुटा एग्रो टुरिज्म फन एण्ड भ्यालीले पर्यटकका लागि बोटिङ गर्न र माछापालनका लागि बनाएको पोखरीमा डुबेर आज दिउँसो दुई बालकको मृत्यु भएको हो।

मृत्यु हुनेमा धनकुटा–५ का १५ वर्षिय स्वर्णिम राई र धनकुटा–२ का १५ वर्षिय उदय राईको मृत्यु भएको धनकुटा प्रहरीले जनाएको छ। पौडी खेल्ने क्रममा पोखरीमा डुबेर अस्वस्थ बनेका दुवैको धनकुटा जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

घरबाट स्वर्णिम र उदयसँगै गएका धनकुटा–५ का सन्देश राई भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

Back to top button