काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनले प्रहरी प्रशासनको दुरुपयोग गरेको आरोप लगाउनुभएको छ ।
नेपाल मुस्लिम इत्तेहाद संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सबैका लागि समान व्यवहार गर्नुपर्ने सीडीओ कार्यालयहरु सत्ता गठबन्धनको विवाद निरुपण गर्ने कार्यालयका रुपमा प्रयोग भएको बताउनुभयो ।
कुन ठाउँमा को उम्मेदवार खडा गर्ने सम्मको छलफल गठबन्धनले सुरक्षा निकायसँग गरेको आफुहरुलाई रिपोर्ट आएको भन्दै उहाँले सत्ता गठबन्धनले चुनावमा प्रहरी प्रशासनको दुरुपयोग गरेको आरोप लगाउनुभएको हो ।
उम्मेदवारहरू उठाउँदा सरकारले आफ्ना कार्यकर्तालाई नसोधी सुरक्षा निकायसँग सोधेको पोखरेलले टीप्प्णी गर्नुभयो ।