थप २७ जनामा कोरोना पुष्टि, १६ जना संक्रमण मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ सय ३७ पीसीआर परीक्षणमा २३ जना र ८ सय ६५ एन्टिजेन परीक्षणमा ४ जना गरी २७ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये १३ जना काठमाडौं उपत्यकाका र अरु उपत्यका बाहिरका रहेको मन्त्रालयले जनाएको छ । योसँगै देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १ सय ८८ पुगेको छ ।

जसमध्ये १ सय ८१ जना होम आइसोलेसनमा र ७ जना अस्पतालमा उपचारारत छन् । अस्पतालमा भएमाभध्ये ४ जनाको आईसीयूमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १६ रहेको छ ।

Back to top button