भरतपुर विमानस्थलको टावर नजिकै आज आगलागी

चितवन । भरतपुर विमानस्थलको टावर नजिकै आज बिहान लागेको आगो १० मिनेटमै नियन्त्रणमा लिइएको छ।

आगलागीबाट टावरमा कुनै नोक्सानी नभएका कारण विमान उडान र अवतरणमा कुनै बाधा नहुने जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी नरहरि अधिकारीले जानकारी दिनुभयो।

उहाँका अनुसार बिहान पौने ४ बजेको समयमा टावरनजिक बिजुलीको तार सर्ट भएर एक्कासी आगो लागेको थियो।

बिजुलीको तार, इन्टरनेटको तार र टेलिफोनको तारमा क्षति पुगे पनि विमानस्थलको टावरमा कुनै क्षति नभएको र सेवा सञ्चालन हुने उहाँको भनाइ छ।

यस्तै, आगो समयमै नियन्त्रणमा लिइएकाले थप क्षति हुनबाट जोगिएको सूचना अधिकारी अधिकारीको भनाइ छ।

Back to top button