नागरिक लगानी कोषद्धारा बोनस सेयरको घोषणा

काठमाडौं । नागरिक लगानी कोषले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट बोनस सेयर वितरण गर्ने भएको छ। कोषले ९८ करोड १० लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्न लागेको हो।

कोषको बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १‍ दशमलव ५७८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

यस्तै, प्रस्तावित बोनस सेयर नेपाल सरकार, अर्थमन्त्रालयको स्वीकृत गरी आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गरिने कोषले जानकारी गराएको छ।

Back to top button