थप २९ जनामा कोरोना संक्रमण पुष्टि, १९२ जना सक्रिय संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ७७ जनाको पीसीआर परीक्षणमा २१ जना र ६ सय ५३ जनाको एन्टीजेन परीक्षणमा ८ जना गरी २९ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितहरु कसैको पनि मृत्‍यु भएको छैन ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १७ जना निको भएका छन् भने हाल देशभर १ सय ९२ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये १ सय ८६ जना होम आइसोलेसनमा रहेका छन् भने ६ जना संस्थागत आइशोलेशन र ३ जना आईसीयूमा छन् ।

आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ९ सय ६५ पुगेको छ ।

योसँगै नेपालमा मृत्‍यु हुनेको संख्या ११ हजार ९ सय ५२ पुगेको छ भने ९ लाख ६७ हजार ३ ष् ि८९ जना संक्रमणमुक्त भएका छन् ।

Back to top button