ग्रेडेड स्कुलमा विद्यार्थी दिक्षित र स्वागत समारोह सम्पन्न

विराटनगर । विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुलमा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई स्वागत र उत्तिर्ण भएका विद्यार्थीहरूलाई दिक्षित समारोह सम्पन्न भएको छ । स्कुल परिसरमा आइतबार एक कार्यक्रम आयोजना गरि समारोह सम्पन्न गरिएको हो ।

समारोहमा कक्षा १ देखी तीनसम्म उत्तिर्ण हुने विद्यार्थीहरूलाई दिक्षीत गरिएको छ । सोमबार सोही समारोह निरन्तर गरि ३ देखि ९ सम्म उत्तिर्ण हुने विद्यार्थीहरुलाई दिक्षीत गरिने स्कुलले जनाएको छ ।

त्यस्तै , समारोहमा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई स्कुलले स्वागत गरेको छ । समारोहमा उत्तिर्ण हुने र भर्ना भएका नयाँ विद्यार्थीहरुलाई स्कुलका प्रिन्सिपल प्रेमलालसिंह सुवालले आगामी दिनको सफलताको शुभकामना दिनुभएको थियो ।

Back to top button