‘स्रष्टा र सिर्जना’को सातौं शृंखला धनकुटाका लिम्बू प्रस्तुत

विराट आदर्श साहित्य मञ्चको आयोजनामा ‘स्रष्टा र सिर्जना’को सातौं शृंखला शनिबार सम्पन्न भएको छ । विराटनगरस्थित आरोहण गुरुकुलमा आयोजित कार्यक्रममा धनकुटाका युवा कवि उत्तम लिम्बू प्रस्तुत हुनु भएको थियो ।

कवि लिम्बुले ‘मुलुकलाई तँ चाहिएको छ’, बग्दै–बग्दै जाने रहर’, ‘म त्यही हुनेछु’, ‘कण्डम फुटेपछि’, ‘म कवि भएँ’, ‘यसरी कसरी’, ‘युगका स्वर’, ‘तर तिमी आएनौ’, ‘ठूलीले जाँड बेच्न छाडिन्’, ‘बूढो रुख’ र ‘चरिमाया किराँती’ शीर्षकका कविता प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ विवश पोखरेलले युवाहरुलाई सिर्जनात्मक काममा आकर्षित गर्न विराट आदर्श साहित्य मञ्चले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भएको थियो । त्यस्तै आयोजक संस्थाका संरक्षक कवि एवं पत्रकार मीनकुमार नवोदितले मञ्चले स्थापनाकालदेखि नै युवाहरुलाई साहित्य, नाटकलगायतका विधामा आकर्षित गर्ने काम गरेको बताउनु भयो ।

२०७१ सालमा स्थापित संस्थाले हरेक दुई–दुई महिनामा कविता वाचन, सम्मानलगायतका कार्य गर्दै आएको छ ।

Back to top button