चितवनमा पेस्तोल र गोलीसहित एकजना पक्राउ

चितवन। जिल्ला प्रहरी कार्यालय चितवनले कटुवा पेस्तोल र दुई राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले भरतपुर महानगरपालिका–१० स्वामीचोक घर भई हाल भरतपुर–५ विकासचोक बस्ने ३२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको हो ।

विकको कोठामा शङ्का लागि चेकजाँच गर्ने क्रममा हिजो पेस्तोल, गोली, नगद एक लाख १४ हजार, सुनको सिक्री एक थान र पाँच थान मोबाइल बरामद भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

यस्तै, घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Back to top button