कर्मचारीलाई लुट्दै लगेको कार भेटियो

धनगढी । आज दिउँसो डढेलधुराको आलिताल गाउँपालिकाका कर्मचारी लोकेन्द्र भण्डारीलाई कुटपिट गदैै लुटिएको कार फेला परेको छ ।

कैलालीको गोदावरी नगरपालिका–४ स्थित गाईमारेमा कार भेटिएको प्रहरीले जनाएको छ। लिफ्ट मागेर भण्डारीले चलाएको कारमा चढेका तीन जनाले जंगलमा पुगेर फोटो खिच्ने बहानामा उहाँ माथि आक्रमण गरेका थिए ।

आक्रमण पछि हात खुट्टा बाँधेर उहाँसँग भएको रकमसहित कार लुटेर फरार भएका थिए । अपरान्ह १ बजे भण्डारीले चलाएको प्रदेश ३–०१–०२३ च ८७२१ नम्बरको कारमा लिफ्ट माग्दै तीन जना चढेका थिए ।

नामथर नखुलेका उनीहरुले भण्डारीलाई कुटपिट गरी कालो कपडाले हातखुट्टा बाँधी सडक देखी झण्डै १०० मिटर तल जंगलमा फालेर कारसहित फाररा भएका थिए । भण्डारी डडेलधुराको आलिताल गाउँपालिकाका कम्प्युटर अपरेटर हुनुहुन्थ्यो ।

भण्डारीलाई लुटपाट गर्ने भारतीय नागरिक रहेको प्रहरीले जनाएइको छ ।

Back to top button