अवैध गाँजासहित ३ जना पक्राउ

विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिका वडा – ५ स्थित सडकमा हिडिरहेका ३ जनालाई प्रहरीले गाँजासहित पक्राउ गरेको छ । हिजो बेलुका शंकास्पद रूपमा हिडिरहेका उनीहरुको साथबाट ८ केजी गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा धनकुटा साँगुरिगढी गाउँपालिका– ८ का ३० वर्षीय सुरेन्द्र राई, २९ वर्षीय मिलन राई र २९ वर्षीय बाला राईलाई जिल्ला प्रहरी कार्यालय मोरङ र अस्थायी प्रहरी पोष्ट बलिया मोरङबाट संयुक्त रूपमा खटिएको टोलीले पक्राउ गरेको हो ।

चेकजाँचको क्रममा उनीहरुको साथबाट जेब्रा झोलामा रहेको ८ केजी गाँजा बरामद भएको हो । पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Back to top button