नयाँ दल घोषणा गर्दै बामदेव गौतम

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले नयाँ राजनीतिक दल खोल्ने हुनुभएको छ ।

नयाँ पार्टी घोषणा गर्न उहाँले आज पत्रकार सम्मेलन राख्नुभएको छ । आज दिउँसो ३ बजे रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर उहाँले नयाँ दलको घोषणा गर्ने एकता राष्ट्रिय अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिनुभयो ।

नेकपा विभाजन पश्चात् छुट्टै अभियानमा रहनुभएका गौतमले आफू पक्षधरको भेला गर्दै आइरहनुुभएको थियो। नेकपालाई पुनर्जीवित गर्ने प्रयासमा रहनुभएका गौतम एकीकरण हुने अवस्था नबनेपछि नयाँ दल गठन गर्न लाग्नुभएको हो ।

Back to top button