आज असार–१५ दहिच्यूरा खाने दिन, राष्ट्रिय धान दिवस मनाईदै

विराटनगर । आज असार १५ अर्थात दहि च्यूरा खाने दिन । असार १५ लाई नेपाली समाजमा दहीच्युरा खाने पर्वका रूपमा पनि लिने गरिन्छ ।

कृषिसहित सबै पेशा व्यवसायमा लागेका नेपालीहरुले आज दहीच्यूरा खाई असार १५ मनाउने प्रचलन छ । दहीच्युराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।

यस्तै आज राष्ट्रिय धान दिवस । वि.सं. २०६१ सालमा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गरेपछि नेपालमा वि.सं. २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन सुरु गरिएको हो ।

यस वर्ष १९ औं राष्ट्रिय धान दिवस ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ भन्ने नाराका साथ मनाईदैछ । दिवसको अवसरमा देशभर रोपाईं गर्दै मनाउने गरिन्छ । असारे भाकामा लोकदोहोरी गाउँदै, हिलो छ्यापाछ्याप गर्दै धान रोप्ने चलन छ ।

Back to top button