बालुवाटारको आगलागी नियन्त्रणमा

काठमाडौं । काठमाडौंको बालुवाटारमा बिहान भएको आगलागी नियन्त्रणमा आएको छ । सुनौलो परिवार नेपाल रहेको भवनमा बिहान आगलागी भएको हो ।

प्रहरीका अनुसार त्यहाँको स्टोरबाट आगो सल्किएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले ५ वटा वारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ ।

बिहान करिब ६ बजेदेखि शुरु भएको आगलागी केहिबेर अघि नियन्त्रणमा आएको हो । आगलागीको क्षतीको पूर्ण विवरण आउन भने बाँकी छ ।

Back to top button