एन्फाको नवनिर्वाचित टोलीलाई प्रधानमन्त्रीद्धारा बधाई

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अखिल नेपाल फुटबल संघ (एन्फा)को नवनिर्वाचित टोलीलाई आज बधाई दिँदै कार्य सफलताको शुभकामना व्यक्त गर्नुभएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङसहितको निर्वाचित टोलीलाई प्रधानमन्त्री देउवाले बधाई तथा शुभकामना दिनुभएको हो ।

सो कार्यक्रममा प्रधानमन्त्री देउवाले फुटबल खेलको विकासको लागि सरकारले सदैव सहयोग गर्ने बताउनुभयो । यही असार ६ गते भएको एन्फाको निर्वाचनमा नेम्वाङ ४ वर्षका लागि एन्फा अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

निर्वाचित हुने अन्य टोलीमा वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्का, उपाध्यक्षमा दावा लामा, दीपक खतिवडा, विराटजङ्ग शाही र दीर्घबहादुर केसी हुनुहुन्छ ।

यस्तै, सदस्यहरूमा रवीन्द्र चन्द, अनिल मल्ल, भोजराज शाही, पुरुषोत्तम थापा, महेन्द्र क्षेत्री, विजयनारायण श्रेष्ठ, रमेश व्यञ्जनकार, भरत बुढथापा, टीका लामा, मणिराज विष्ट र मनिष जोशी हुनुहुन्छ । महिला सदस्यमा पेमा डोल्मा लामा र सरिला श्रेष्ठ हुनुहुन्छ ।

Back to top button