आज धान दिवसको अवसरमा ओली रोपाइँ महोत्सवमा सहभागी

काठमाडौं । आज राष्ट्रिय धान दिवसको अवसरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भक्तपुरको सिरुटारमा आयोजित रोपाइँ महोत्सवमा सहभागी हुनुभएको छ ।

त्यस क्रममा उहाँले मेसिनमार्फत धान पनि रोप्नुभएको छ । पूर्वप्रधानमन्त्री ओलीसँगै उहाँकी पत्नी राधिका शाक्य पनि रोपाइँ महोत्सवमा पुग्नुभएको थियो । रोपाइँ महोत्सवमा ओलीले छोटो सम्बोधन पनि गर्नुभएको थियो ।

Back to top button