बलिउड अभिनेत्री स्वरा भास्करको ज्यान खतरामा, पत्रमार्फत ज्यान मार्ने धम्की

काठमाडौं । बलिउड अभिनेत्री स्वरा भास्करलाई एक पत्रमार्फत ज्यान मार्ने धम्की आएको छ। उहाँलाई आएको यो धम्कीले त्रासपूर्ण अवस्था सिर्जना गरेको छ।

सिद्धु मुसेवालाको हत्यापछि लरेन्स बिश्नोईले आफ्नो लिस्टमा सलमान खानको नाम पनि रहेको खुलासा गरेका थिए। यस लगत्तै सलमानलाई पनि धम्कीपूर्ण पत्र आएको थियो। अब स्वरा भास्करलाई पनि धम्की आएको खबरले बलिउड सिने जगतमा झनै त्रासपूर्ण अवस्था सिर्जना गरेको हो।

हिजो पत्र आएको खबर पाएसँगै मुम्बई पुलिसले अनुसन्धान सुरु गरेको छ। एक अधिकारीका अनुसार सो पत्र वर्सोभास्थित अभिनेत्रीको निवासमा पठाइएको थियो।

‘पत्र प्राप्त गरेपछि, स्वरा भास्करले दुई दिन अघि वर्सोवा पुलिस स्टेशन पुगेर अज्ञात व्यक्तिहरू विरुद्ध उजुरी दर्ता गर्नुभएको छ,’एक अधिकारीले भने।

‘उजुरीका आधारमा अपरिचित व्यक्तिविरुद्ध अविवेकी मुद्दा दर्ता गरेका छौँ,’ उनले थप अनुसन्धान भइरहेको बताए।

हिन्दीमा लेखिएको पत्रमा देशका युवाहरूले वीर सावरकरको अपमान सहने छैन भन्ने उल्लेख छ।

Back to top button