थप ५५ जनामा कोरोना संक्रमण पुष्टि, २८० जना सक्रिय संक्रमित

काठमाडौं। पछिल्लो २४ घण्टामा थप ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ५ सय ३२ जनाको पीसीआर परीक्षणमा ३६ जना र १ हजार १ सय ६६ जनाको एन्टीजेन परीक्षणमा १९ जना गरी ५५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १७ जना निको भएका छन् भने हाल देशभर २ सय ८० जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये २ सय ७४ जना होम आइसोलेसनमा रहेका छन् भने ६ जना संस्थागत आइशोलेशन र ३ जना आईसीयूमा छन् ।

आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार १ सय ६७ पुगेको छ ।

Back to top button