रवि लामिछानेको पार्टी निर्वाचन आयोगमा दर्ता, चुनाव चिन्ह घण्टि

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । दर्ता पश्चात सो पार्टीले दल दर्ताको प्रमाणपत्र समेत पाएको छ । लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरिएको थियो ।

घोषणाको भोलिपल्ट निर्वाचन आयोगमा निवेदन दिएका रविले आज दल दर्ताको प्रमाणपत्र पाउनु भएको हो । निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईका अनुसार उहाँको पार्टीको चुनाव चिन्ह घण्टी हुने भएको छ ।

पार्टीको नामका विरुद्धमा परेका उजुरी आयोगले खारेज गरेको छ । ऐनमा कतै पनि कुनै नामका आधारमा पार्टीको नाम हुने वा नहुने भन्ने व्यवस्था नभएकोले उक्त उजुरीको कुनै औचित्य नभएको आयोगले ठहर गरेको छ ।

स्वतन्त्र शब्द दलको नाममा राख्न नहुने माग गर्दै आयोगमा लामिछानेको पार्टीविरुद्ध उजुरी परेको थियो ।

Back to top button