शिक्षा दिएर सहि बाटो  देखाउने  गुरुहरुमा नमन !

सन्दर्भः गुरुपूर्णिमा :

यस वर्ष गुरु पूर्णिमा जुलाई १३, २०२२ मा छ। त्यो असार २९, २०७९ हो।


गुरुर व्रम्हा गुरुर बिष्णु गुरुर देवो महेस्वर

गुरुर सक्क्षात परम व्रम्ह तसमै श्री गुरुबे नमह

 

 हामीलाई शिक्षा दिएर सहि बाटो  देखाउने  गुरुहरुमा नमन !

  • हाम्रो संस्कार र संस्कृतीमा पनि गुरुको स्थान उच्च मानिन्छ ।
  • हाम्रो पहिलो गुरु नै हाम्रो माता पिता मानेरदेवताको स्थानमा राखेर पुज्छौ ।
  • स्कुल होस्, कलेज वा विश्वबिध्यालय, वा अरु कुनै कला मन्दिर जहाँ पनि गुरुले नै शिक्षा प्रदान गर्छन ।

 के हो गुरु पुर्णिमा भनेको ?

यो पर्व परम्परागत रूपमा हिन्दू महिना आषाढको पूर्णिमाको दिन मनाइन्छ । गुरु पूर्णिमा एक परम्परागत हिन्दू उत्सव हो, प्रबुद्ध आध्यात्मिक गुरुहरूलाई समर्पित अन्यथा गुरुहरू भनेर चिनिन्छ। यो शुभ दिन हिन्दू महिना आषाढ (जुलाईदेखि अगस्ट) मा ग्रीष्म संक्रांति पछि पहिलो पूर्णिमामा पर्दछ। यसलाई भारत, नेपाल र भुटानमा हिन्दू, जैन र बौद्ध धर्मावलम्बीहरूले मनाउने गर्छन्। यस दिन, साधकहरूले आफ्ना गुरुलाई कृतज्ञता र भक्ति अर्पण गर्छन् र उहाँको आशीर्वाद प्राप्त गर्छन्।  नेपालमा यो दिनलाई शिक्षक दिवसका रुपमा मनाइन्छ ।

आज गुरु पूर्णिमा : गुरु पूर्णिमाको महत्व के ?

यो पर्वले गुरु र शिक्षकहरूको भलाइको सम्झना गर्दछ किनकि हजारौं भक्तहरूले ज्ञानको लागि आफ्ना गुरुहरूलाई पूजा गर्छन् र धन्यवाद दिन्छन् र आफ्ना गुरुलाई कृतज्ञता र भक्ति अर्पण गर्छन् र उहाँको आशीर्वाद प्राप्त गर्छन् । गुरु पूर्णिमा मा  विद्यार्थीहरूले आफ्नो गुरु वा शिक्षकप्रति आफ्नो प्रेम र कृतज्ञता देखाउँछन् ।

यस पर्वको गहिरो र रोचक इतिहास छ र यस वर्ष यो जुलाई 13, बुधबार पर्छ।

गुरु पूर्णिमाका केही प्रमुख आकर्षणहरू :

  1. गुरु पूर्णिमा संस्कार र गुरुको पूजा
  2. विष्णु पूजा
  3. सांस्कृतिक प्रदर्शन (कलेज , विद्यालय या कुनै अन्य ठाउमा )
  4. Fasting (उपवास) र भोज
  5. ध्यान (Meditation)

 को हुन्  गुरु ?

हिन्दू संस्कृतिमा, विद्यार्थीको जीवनमा गुरुको धेरै महत्त्वपूर्ण स्थान हुन्छ। यो एउटा गुरुको साझा ज्ञानले गर्दा शिष्य वा विद्यार्थी संसारको सामना गर्न तयार हुन्छ।

गुरु शब्द दुई विशिष्ट शब्द “गु र “रु को संयोजन हो। गु को अर्थ “अन्धकार” र रु को अर्थ “अन्धकार हटाउने हो। यसरी, गुरु भनेको आफ्नो विद्यार्थी र शिष्यको जीवनबाट अन्धकार हटाउने व्यक्ति हो। त्यसैले जसले हाम्रो जीवनबाट अज्ञानताको अन्धकारलाई नास गरेर ज्ञानको उज्यालो प्रकाश छर्दछन, ति महान व्यक्ति गुरु हुन् ।

ती मात्र गुरु हुन जसले हाम्रो मन भित्र भएको अन्धकार रूपी माया मोहलाई नाश गरेर हामीलाई आत्मा र परमात्मासँग चिनाउछन उनै साक्षात गुरु हुन । गुरु नहुदा कुनै कुराको ज्ञान को सम्भावना छैन । गुरु एक व्यक्ति हो जसले सिकाउँछ र प्रकाश, ज्ञान दिन्छ र हामीलाई सही मार्गमा नेतृत्व गर्न निर्देशन दिन्छ।

परापूर्ब कालमा गुरुकूलमा बसेर शिक्षा लिने चलन थियो , बर्षौ सम्म गुरुको साथमा रहेर गुरुको सेवा गर्ने चलन थियो । समयले अब कचुली फेर्यो तर गुरु को महत्व कहिले काम भएन ।   ती हाम्रा गुरु हुन जसले अज्ञानताको अध्यारोलाई चिर्दै ज्ञानको ज्योतिले हाम्रो जीवन् लाई सुन्दर बनाउने बाटो देखाउछन  आजका सबै अबिस्कारहरु सबै हाम्रा महान गुरुका शिक्षा र ज्ञानका उपक्रमहरु हुन्। जसले गुरुको महत्व बुझेको  छ , उसले ज्ञान को महत्व बुझेको छ  ।

गुरु ती हुन जस्ले हाम्रो जीवनमा सत्य र ज्ञानको आमुल्य शिक्षा दिन्छन ।  गुरु पुर्णिमाको दिनमा हामी पनि हाम्रा गुरुहरुलाई श्रद्धा र भक्ति सहित मिठाइ प्रसाद, लुगा कपडा आदि अर्पण गरेर आफ्नो आदर अर्पण गर्दछौ । यस्ता उपहारहरु लाई गुरु दक्षिणा पनि भनिन्छ ।

गुरु को सबै भन्दा ठुलो दक्षिणा भनेको उनले देखाएको बाटोको अबलम्बन र पढाएको पाठको सहि पालना नै हो । आफ्नो शिष्यको सफलतामा खुशी खोज्ने महानताले गुरुलाई अझै आदरणीय र उच्च बनाएको छ ।

साँचो  गुरु उनै हुन जसमा साँचो रूपमा ज्ञान प्रदन गर्न सक्ने क्षमता हुन्छ, ज्ञानी भएर पनि उनमा घमण्ड रत्ति भर हुँदैन । जसलाई सहि ज्ञानको अर्थ थाह छ । जो त्यसैमा जीवन बिताउछ ।  जो रिष राग लोभ मोह भन्दा धेरै पर हुन्छ । उही सच्चा गुरु हुन्।

बिषेश:

यो दिन भगवानको आराधना गरेर हाम्रा शैक्षिक गुरुहरू वा गुरुहरूप्रति कृतज्ञता व्यक्त गरेर मनाइन्छ। यसबाहेक, धेरैले आफ्नो स्कूल कलेजहरूमा परम्परागत रूपमा मनाउँछन्।

जय गुरु देव !

गौरब चापागाईं,
विराटनगर–३, मोरङ 

Back to top button