‘किराँत प्रदेश’ माग गर्दै मुख्यमन्त्री कार्यलय अगाडी धर्ना

विराटनगर /  प्रदेश नं १ को नाम ‘किराँत प्रदेश’ राख्नु पर्ने भन्दै किराँत राई यायोक्खाले प्रदेश नं १ को मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यलय अगाडी धर्ना दिएका छन् । आज सुनसरीको धरान बाट विराटनगर आईपुगेको मोटरसाईकल र्यालीले मुख्यमन्त्री कार्यलय अगाडी धर्ना दिएको हो ।

किराँत राई यायोकखाको अगुवाईमा मुख्यमन्त्री कार्यलय अगाडी धर्ना दिएको समूहले प्रदेश नं १ को नामाकरण पहिचानको आधारमा हुनुपर्ने , प्रदेश नं १ मा रहेको ‘किराँत सभ्यता’ लाई मुख्य आधार मानेर प्रदेशको नाम तोक्नु पर्ने भन्दै नारावाजी समेत गरेको थियो ।

मुख्यमन्त्री कार्यलयको मूल ढोका देखी केही अगाडी नारावाजी गरेको समूहले मुख्यमन्त्री कार्यलयमा आफ्नो माग सम्बोधन हुनु पर्ने भन्दै ज्ञापनपत्र समेत मुख्यमन्त्री राजेन्द्र राईलाई बुझाएको थियो ।

 

Back to top button