राष्ट्रसेवक सहकारीको २५औँ स्थापना दिवस सम्पन्न

विराटनगर / विराटनगरमा रहेको राष्ट्रसेवक बहुमुखी सहकारी संस्था लिमिटेड,मोरङले २५औँ स्थापना दिवस मनाएको छ । सहकारीले विराटनगर स्थित कञ्चनजङ्गा पार्टी प्यालेसमा विभिन्न कार्यक्रम गरि स्थापना दिवस मनाएको हो ।

कार्यक्रममा कर्मचारी कल्याण कोषको रूपमा सुरू भई २०५५ साल देखी सञ्चालनमा आएको सहकारीले २५औँ बर्षको अवसर पारेर हाल सम्म गरेको कार्य विवरणको प्रस्तुतिकरण सहकारीका अध्यक्ष जीवन काफ्लेले गर्नु भएको थियो ।

त्यस्तै , सहकारीको २५ औँ बार्षिक उत्सवको अवसर पारेर सहकारीले ‘राष्ट्रसेवक मोवाइल एप’ को शुभारम्भ समेत गरेको थियो ।

सहकारीको कार्यक्रममा प्रदेश सहकारी रजिष्टार कार्यलयका निमित्त रजिष्टार हरि बहादुर खत्री , नेपाल निजामति कर्मचारी संगठनका केन्द्रिय उपाध्यक्ष भवानी दाहाल , प्रदेश अध्यक्ष काशिनाथ पराजुली , जिल्ला अध्यक्ष ओमराज सुवेदी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

 

Back to top button