प्रदेशको नाम बहु-पहिचान सहितको हुनुपर्ने भन्दै मुख्यमन्त्री कार्यालय अगाडी धर्ना

विराटनगर / प्रदेश नं १ को नाम बहु-पहिचान सहितको हुनुपर्ने भन्दै प्रदेश नं १ को मुख्यमन्त्री कार्यालय अगाडी धर्ना तथा प्रदर्शन भएको छ। बहु-पहिचानका पक्षधरहरुले प्रदेशको नाम ‘लिम्बुवान-किराँत’ हुनुपर्छ भन्दै प्रदर्शन गरेका हुन्।

लिम्वुवान – किरात संयुक्त संघर्ष समितिको अगुवाहीमा भएको धर्ना तथा प्रदर्शनमा विभिन्न ३२ वटा जातीय संघ-संगठनका व्यक्तिहरुको सहभागिता रहेको थियो।

प्रदेश सभाले यसै अधिबेशन बाट प्रदेशको नाम टुंगो लगाउने तयारी प्रदेशका विभिन्न जात-जाती संगठनले पहिचानको आधारमा प्रदेशको नामकरण गर्नु पर्नेमा जोड दिनथालेका छन्।

लिम्वुवान – किरात संयुक्त संघर्ष समितिका नेता कुमार लिङ्गदेनले एकल पहिचानको आधारमा हुने प्रदेशको नामकरण आफुहरुलाई मान्य नहुने बताउनु भएको छ।

उँहाले २४० बर्ष सम्म एउटा बर्चस्व बर्गले देशमा शासन गरेको बताउदै त्यसैको संस्करण जस्तै प्रदेशको नाम एकल पहिचानको आधारमा राखे परिणाम ठिक नहुने बताउनु भएको छ।

मुख्यमन्त्री कार्यालय अगाडी भएको धर्ना पश्चयात संघर्ष समितिका व्यक्तिहरुले मुख्यमन्त्री राजेन्द्र राईलाई ज्ञापनपत्र समेत बुझाएका थिए।

Back to top button