चलचित्र विकासबोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीद्धारा पदभार ग्रहण

काठमाडौं । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीले पदभार ग्रहण गर्नुभएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको अध्यक्षमा केसीलाई नियुक्त गरेको थियो ।

बिहान बोर्डको कार्यालय पुगेर केसीले पदभार ग्रहण गर्नुभएको हो । स्वस्तिक वाचन गर्दै वास्तुअनुसार पदभार ग्रहण गनुृभएका केसीलाई कार्यालयका कर्मचारीले फूल माला र खादा लगाएर स्वागत गरेका छन् ।

पदभार ग्रहण गर्दै चलचित्र क्षेत्रको विकास र समृद्धिमा आफूले ध्यान दिने भन्दै केसीले आफ्नो जन्म नै कलाकार हुन भएको भन्दै कला क्षेत्रको विकास नै आफ्नो उद्देश्य रहेको बताउनुभयो ।

उहाँले विगत ४० वर्षदेखि चलचित्र क्षेत्रमा काम गरेकाले पनि आफूलाई असफल हुने छुट नरहेको बताउनुभयो ।

Back to top button