आज ५ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घन्टामा थप ५ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ४ हजार २ सय ८२ जनामा गरिएको परीक्षणबाट ५ सय ७७ जनामा संक्रमण पुष्टि भएको हो।

आज २ जना संक्रमितको मृत्यु भएको छ भने २ सय ६९ जना संक्रमणमुक्त भएका छन्।

मन्त्रालयका अनुसार हाल देशभर ४ हजार ३ सय ५६ जना सक्रिय संक्रमित रहेका छन्। तीमध्ये काठमाडौंमा २४ सय ८ जना, ललितपुरमा ४ सय ६८ जना र भक्तपुरमा ५८ जना रहेका छन्।

हाल ३४ जना संक्रमितको आइसियू र ५ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ भने १ सय ५३ जना संक्रमित संस्थागत आइसोलेशनमा र ४२ सय ३ जना होम आइसोलेशनमा रहेका छन्।

Back to top button