प्रदेश १ को नामाकरणमा काँग्रेस भित्र अलमल

विराटनगर / प्रदेश नं १ को नामाकरणको विषयमा प्रदेशसभामा रहेको दोस्रो ठूलो दल नेपाली काँग्रेस भित्र अलमल देखिएको छ । प्रदेशसभा भित्रको सत्ताघटक दलहरूका नेताहरूले विभिन्न नाम प्रस्ताव गरिरहँदा काँग्रेस भने कुन कित्तामा उभिन्छ भन्नेमा अस्पष्टा देखिएको हो ।

यसअघि काँग्रेस प्रदेश संसदिय दलका प्रमुख सचेतक सुयार्मा राज राईले प्रदेशको नामाकरणको लागि ‘सप्तकोशी’ नाम प्रस्ताव गर्नुभएको थियो । यदपी काँग्रेस संसदिय दलको सदस्यहरूले नै पार्टीमा नामाकरणको विषयमा चर्चा नभएकोले पछी राईले ‘सप्तकोशी’ पार्टीको धारणा नभई व्यक्तिगत धर्ना बताउनु भएको थियो ।

हाल सम्म नेकपा एमाले भौगोलिक पहिचानको आधारमा प्रदेशको नाम तय हुनु पर्नेमा अडिग छ भने सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र , नेकपा एकिकृत समाजवादी , जनता समाजवादी र संयुक्त लिम्बुवान मोर्चा भने पहिचानको आधारमा प्रदेशको नाम तय हुनु पर्ने विचारमा छन् ।

प्रदेशसभाको दोस्रो ठूलो दल काँग्रेस भने हालसम्म अनिर्णित देखिएको छ ।

नेपाली काँग्रेस बाट प्रदेश सरकारमा मन्त्री रह्नुभएका केदार कार्कीले भने काँग्रेस र सत्ताघटक दल बिच छलफल भईरहेको र प्रदेश सभाको कार्यकाल अन्तय हुनु अगावै प्रदेशले नाम पाउने बताउनु भएको छ । मन्त्री कार्कीले नाम राख्ने बेला सम्म प्रमुख प्रतिपक्षी नेकपा एमाले पनि सहमतिमा आउने गरि प्रदेशको नाम चयन हुने विश्वास व्यक्त गर्नुभएको हो ।

Back to top button