काठमाडौं महानगरका पुर्वमेयर शाक्यलाई कोरोना संक्रमण

काठमाडौं । काठमाडौं महानगरपालिकाका पुर्व मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ।

आज बिहान गरिएको परीक्षणमा शाक्यलाई कोरोना संक्रमण पुष्टि भएको उहाँको निजी सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार सामान्य रुघाखोकी र ज्वरो आएपछि शाक्यले कोरोना परीक्षण गराउनुभएको हो ।

उहाँ अहिले होम आइसोलेसनमा बस्नुभएको छ ।

Back to top button