बलिउड अभिनेता चतुर्वेदीको निधन

काठमाडौं । भारतका चर्चित अभिनेता मिथिलेश चतुर्वेदीको निधन भएको छ।

उहाँलाई हृदयघात भएपछि उपचारका लागि गृहनगर लखनउमा लगिएको थियो। उपचारका क्रममा हिजो राती निधन भएको उहाँका ज्वाइँ आशिष चतुर्वेदीले सामाजिक सञ्जालमार्फत् जानकारी दिनुभएको छ ।

मिथिलेशको निधनको खबरले चलचित्र क्षेत्र शोकमा डुबेको छ। मिथिलेशले आफ्नो करियरमा धेरै ठूला र राम्रा बलिउड फिल्महरूमा अभिनय गर्नुभएको छ ।

उहाँले सनी देवलको फिल्म गदरःएक प्रेम कथा,मनोज बाजपेयीको सत्या,शाहहरु खानको अशोका,ताल,बन्टी और बबली, कृष र रेडीमा अभिनय गर्नुभएको थियो। फिल्म ‘कोही मिल गया’ले उहाँलाई थप चर्चित बनाएको थियो। सो फिल्ममा उहाँ ऋतिक रोशनको कम्प्युटर टिचरको भूमिकामा देखिनुभएको थियो।

Back to top button