७६० जना थपिए कोरोना संक्रमित, ३२४ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अवधिमा १ जनाको मृत्‍यु भएको छ भने ३ सय २४ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ९ सय २६ जनाको परीक्षणमा ७ सय ६० जनामा संक्रमण पुष्टि भएको हो । जसमध्‍ये २ हजार ५ सय ८९ जनाको पीसीआर परीक्षण गर्दा ४ सय ९४ जना र ३ हजार ३ सय ३७ जनाको एन्टिजेन परीक्षण गर्दा २ सय ६६ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

अहिले सक्रिय संक्रमितको संख्या ५ हजार ६ सय २ पुगेको छ । बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३२ हजार ६ सय १३ पुगेको छ ।

Back to top button