भारतमा आज उपराष्ट्रपतिको निर्वाचन हुँदै

भारतमा आज उपराष्ट्रपति पदको निर्वाचन हुँदै छ । आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म संसद भवनमा उपराष्ट्रपतिको निर्वाचन हुनेछ । नतिजा आजै साँझ आउने सम्भावना रहेको बताइएको छ ।

सत्तारुढ एनडीएले जगदीप धनखर र विपक्षीले उम्मेदवार मार्गरेट अल्भालाई उम्मेदवार बनाएका छन् । बंगालको पूर्वगर्भनर जगदीपको विजय प्राय निश्चित देखिएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

यसअघि सत्तारुढ गठबन्धनको तर्फबाट द्रौपदी मुर्मु राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । उहाँ भारतको दोस्रो महिला तथा पहिलो आदिवासी राष्ट्रपति बन्नुभएको हो ।

Back to top button