पिपुल्स पावरको आईपीओ साउन ३१ देखि विक्री खुला हुने

काठमाडौं । पिपुल्स पावर लिमिटेडले साउन ३१ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ।कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका २४ लाख ६७ हजार ४०० कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

सोमध्ये ४९ हजार ३ सय ४८ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि तथा १ लाख २३ हजार ३ सय ७० कित्ता शेयर सामूहिक लगानी कोषहरुमा सुरक्षित गरिएको छ।

बाँकी रहेको २२ लाख ९४ हजार ६ सय ८२ कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्ने व्यवस्था छ। आईपीओमा भदौ ५ गतेसम्म आवेदन दिन सकिनेछ।

उक्त मितिसम्म माग बमोजिम आवेदन नपरेमा भदौ १४ गतेसम्म थप हुनेछ।

Back to top button