क्युवाको एक तेल डिपोमा आगलागी, दर्जनौं मानिस वेपत्ता

क्युवाको एक तेल डिपोमा चट्याङका कारण आगलागी भएको छ । आगलागीका कारण दर्जनौं मानिस वेपत्ता भएका छन् ।

मातान्जसमा रहेको क्युवाको दोस्रो ठूलो तेल डिपोमा शनिबार चट्याङ पर्दा आगलागी भएको र ठूलो मानवीय समस्या निम्तिएको त्यहाँको सरकारी टेलिभिजनले जनाएको छ ।

आगलागीमा परी कम्तिमा २१ जना हराइरहेका छन् भने ८० जना घाइते भएको जनाइएको छ । अस्पताल भर्ना गरिएका ३६ जना मध्ये अधिकांशको अवस्था गम्भीर रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आगो निभाउन गएका १७ वटा बारुण यन्त्रको अवस्था पनि अज्ञात रहेको जनाइएको छ । भेनेजुएला, मेक्सिको र चिलीले आगो नियन्त्रण तथा घाइतेहरुको उद्धारका लागि टिम पठाएका छन् ।

त्यस्तै रुसले पनि सहयोग पठाएको छ । आगो नियन्त्रणका लागि अमेरिकाले दिएको प्राविधिक सहयोग पनि क्युवाले स्वीकार गरेको जनाइएको छ ।

Back to top button