आज घट्यो सुन–चाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ५ सय र चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९६ हजार ३ सय र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ८ सय रुपैयाँ छ।

गत साताको शुक्रबार छापावाल सुन प्रतितोला ९६ हजार ८ सय र तेजाबी सुनको मूल्य ९६ हजार ३ सय रुपैयाँ थियो।

आज चाँदीको मूल्य पनि घटेको छ। महासंघले आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेको जनाएको छ।

आज चाँदी प्रतितोला एक हजार २ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार एक हजार २ सय २० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।

Back to top button