थप ५ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । एकैदिन थप ५ सय ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा देशभरबाट ३ हजार ७ सय ८९ नमूना परीक्षण गर्दा ५ सय ५३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट २ हजार ४० र एन्टिजेनबाट १ हजार ७ सय ४९ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ४ सय ५१ र एन्टिजेनबाट १ सय २ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टाको अवधिमा ४ सय ३३ जना कोरोनामुक्त भएका छन्। हाल कोरोना सक्रिय संक्रमितको संख्या ५ हजार ६ सय ५९ पुगेको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १६ हजार ९ सय ६४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

Back to top button