बैङ्किङ कसुरमा सोलुखुम्बुबाट एक जना पक्राउ

सोलुखुम्बु । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले बैङ्किङ कसुरमा फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका–७ देउसाका २७ वर्षीय दिपक किराँती रहेको प्रहरीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक (डिएसपी) सुनिल जंग शाहका अनुसार किराँतीलाई १६ लाख रुपैयाँभन्दा बढी रकमको चेक बाउन्स कसुरमा हिजो साँझ सल्लेरीबाट पक्राउ गरिएको हो।

गंगी माया राईले दिएको जाहेरीमा उच्च अदालत पाटनले जारी गरेको पक्राउ पूर्जीको आधारमा किराँतीलाई पक्राउ गरेको डिएसपी शाहले बताउनुभयो।

यस्तै, किराँतीलाई पक्राउ गर्न जिल्ला प्रहरी परिसर टेकु काठमाडौंले सोलुखुम्बु प्रहरीलाई पत्र लेखेको थियो। किराँतीलाई आज बिहान जिल्ला प्रहरी परिसर टेकु काठमाण्डौं पठाइएको छ।

उक्त कसुरमा लामो समयदेखि फरार किराँती जिल्ला भलिबल सघं सोलुखुम्बुका अध्यक्ष र वाइसीएल थुलुङ दुधकोशीको इन्चार्ज हो।

Back to top button