थप ९ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । देशभर पछिल्लो समय ५ हजार ३ सय ५१ जनाको कोरोना परीक्षण गर्दा थप ९ सय ३४ जनामा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणबाट एकजनाको मृत्यु भएको छ। कोरोना संक्रमणबाट हालसम्म ११ हजार ९ सय ७२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

कोरोनाको सक्रिय संक्रमित ५ हजार ६ सय ८६ जना पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। ४ सय ७० जना कोरोनामुक्त भएका छन्।

Back to top button