काठमाडौंको फोहर लिएर गएका १८ गाडी बन्चरेडाँडामा तोडफोड

काठमाडौं । काठमाडौंको फोहोर लिएर गएका १८ गाडी बन्चरेडाँडामा तोडफोड गरिएको छ।

गएराति बन्चरेडाँडास्थित स्यानिटरी ल्यान्डफिल साइटमा फोहोर विसर्जनका लागि पुगेका गाडीमा तोडफोड गरिएको ल्यान्डफिल साइटका सहायक इन्जिनियर सरकारदीप श्रेष्ठले बताउनुभयो।

काठमाडौं महानगरपालिकाका अनुसार तीन दिनयता फोहोर विसर्जनमा बन्चरेडाँडाका स्थानीयले अवरोध गर्दै आएका छन्। सडक मर्मतका लागि खटाइएको डोजरमा पनि तोडफोड गरिएको श्रेष्ठको भनाइ छ।

यस्तै, विगत लामो समयदेखि स्थानीयले आफूहरूको माग पूरा नभएको भन्दै आन्दोलन गर्दै आएका छन्। भदौ १ गतेदेखि सधैँका लागि ल्यान्डफिल साइटमा फोहोर लैजान नदिने घोषणा पनि स्थानीयले गरिसकेका छन्।

Back to top button