एमालेले निर्वाचनका लागि गर्‍यो आयोगमा दल दर्ता

काठमाडौं । नेकपा एमालेले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ । यससँगै आयोगमा नयाँ दर्ता भएका राजनीतिक दलको संख्या १० पुगेको छ ।

एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाल, कृष्णगोपाल श्रेष्ठ र केन्द्रीय कार्यालयका मुख्यसचिव भीष्म अधिकारीसहितका लगायतले आयोग पुगेर दल दर्ता गराउनुभएको हो ।

अध्यक्ष केपी शर्मा ओलीद्वारा हस्ताक्षरित चिठी बुझाएपछि आयोगले १० औं दलका रुपमा एमालेको दर्ता गरेको हो ।

आयोगले संघ र प्रदेशको चुनावका लागि हिजोदेखि दल दर्ता गरिरहेको छ ।

Back to top button