प्रधानमन्त्री संसदप्रति जवाफदेही हुनुपर्छ: सांसद अधिकारी

काठमाडौं । नेकपा एमालेका सांसद खगराज अधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवा आफैं संसदप्रति जवाफदेही नभएको आरोप लगाउनुभएको छ ।

पूर्वगृहमन्त्री समेत रहनुभएका सांसद अधिकारीले महिनाको दुई पटक प्रतिनिधिसभामा उपस्थित भएर एक घण्टाको प्रश्नोत्तर कार्यक्रममा भाग लिने नियमावली भएपनि प्रधानमन्त्री देउवा सो कार्यक्रममा एकपटक पनि सहभागी नभएको उल्लेख गर्दै आपत्ति जनाउनुभएको हो ।

उहाँले सत्तापक्ष र सरकार संसदप्रति जवाफदेही नभएकाले महिलाहरुको समानुपातिक समावेशी प्रतिनिधित्वको सवाल पनि ओझेलमा परेको दावी गर्नुभयो ।

आज आगामी प्रदेशसभा र संघीय संसदको निर्वाचनमा महिलाको समानुपातिक सहभागिता गराउन संसदमा पेश गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद अधिकारीले आफ्नो पार्टी राज्यका हरेक निकायमा महिलाहरुको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गराउन निरन्तर लागि रहेको बताउनुभयो ।

Back to top button