उपेन्द्र यादवसँग बसेर काम गर्न गाह्रो छैन: महतो

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद राजेन्द्र महतोले पार्टी सरकारमा सहभागी हुने वा नहुन भन्ने बारेमा चाँडै टुंगो लाग्ने बताउनुभएको छ ।

आज संसदबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सरकारमा सहभागी हुने र आगामी निर्वाचनको लागि गठबन्धन गर्ने बारेमा छलफल भइरहेको बताउनुभयो।

‘हामी चुनावको तयारीमा लागिसकेका छौं । गठबन्धनको सवाल पनि उठिरहेको छ । तर अहिले ५ दलीय जुन गठबन्धन हो त्यो गठबन्धनको तर्फबाटआमन्त्रण आइरहेको छ । कुरा पनि भइरहेको छ । चाँडै यो विषयमा हामी टुंगोमा पुग्नेछौं,’ उहाँले भन्नुभयो, ‘छैटौं दलको रुपमा गठबन्धनमा जाने हो वा होइन चाँडै हामी टुंगोमा पुग्छौँ । जसपा र हामी एउटै सरकारमा बसेर जान केही गाह्रो छैन । सरकारको कुरा पनि भइरहेको छ ।’

उहाँले नागरिकता मुद्दाको विषयको सवालमा नै सरकारलाई सहयोग गर्न लागेको बताउनुभयो ।

Back to top button